नियम
मूल नियमावलीको नियम १० मा संशोधन

मूल नियमावलीको नियम १० को,–
(१) उपनियम (१) को,–
(क) खण्ड (क) मा रहेका “पन्ध्र हजार” भन्ने शब्दहरूको सट्टा “पचास हजार” भन्ने शब्दहरू राखिएका छन् ।
(ख) खण्ड (ख) मा रहेका “पन्ध्र हजार” भन्ने शब्दहरूको सट्टा “पचास हजार” भन्ने शब्दहरू राखिएका छन् ।
(२) उपनियम (१) पछि देहायको उपनियम (१क.) थपिएको छ ः–
“(१क.) उपनियम (१) को खण्ड (क) बमोजिम स्वीकृत भएको लागत अनुमानको विवरण त्यसरी स्वीकृत भएपछि लगतै बस्ने गाउ“ विकास समितिको बैठकमा पेश गर्नु पर्नेछ ।”